Wednesday, December 6Nepal News Portal
Shadow

‘मलाई प्रधानमन्त्री बन्ने कुनै पनि लोभ छैन, म प्रधानमन्त्री हुनै चाहान्न’ : देउवा


काठमाडौं, (ससं) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताएका छन्। आज शनिबार देउवा निवास बुढानिलकण्ठमा आयोजित भएको एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको प्राइममिनिष्टर इन वटिङ हो, तर म त्यसमा पनि छैन हेर्नुस्’, उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै पनि लोभ पनि छैन, लालच पनि छैन। यस्तामा लाग्नु पनि छैन।’

प्रतिनिधिसभा बैठक भोलि बस्दैछ।

नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत गरेका छन्।

Total Page Visits: 576 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्