काठमाडौं, १८ असोज (ससं) । बाजेको सेकुवामा “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे आवद्ध भएका छन् । २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउँदै आएका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन् । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए ।
नेपालमा पनि उनि सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वसामु परिचित गराउने लक्ष्यसहित उनले जापान, मलेसिया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसिया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमणसमेत गरेका छन् । उनले अष्ट्रेलिया तथा स्विजरल्यान्डबाट खाना बनाउँने तथा आतिथ्य सत्कारसम्बन्धी तालिमहरु पनि लिएका छन् । विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भई झानेको सेकुवा सेट, झोल मःमः, मटन पक्कु लगायतका खानाको विकासमा मद्दत गरेका सेफ चालिसेले “मल्टी कुजिन कुक बुक”, “खाना स्वच्छता किताब”, राष्ट्रिय पत्र पत्रिकामा खाना विधि तथा राष्ट्रिय टेलिभिजनमार्फत थुप्रै सामाग्रीहरु प्रस्तुत गरिसकेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले ग्राहकहरुको चाहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्देश्यसहित सेफ चालिसेलाई आवद्ध गराएको बताएको छ । सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने हुदाँ यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरुपता आउने कम्पनीको दावी छ ।
बाजेको सेकुवाले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ लाई मध्यनजर गरी स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परिकारहरु ग्राहकहरुको घरमै पु¥याउने उद्देश्यले “बाजेको फ्रेस” सञ्चालनमा ल्याउन लागेको बताएको छ । साथै २४ सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित “क्लाउड किचेन” सञ्चालनमा ल्याउन लागेकोसमेत बताइएको छ । बाजेको सेकुवाले विस्तार गर्न लागेको यी व्यवसायहरुमा पनि सेफ चालिसेको सक्रिय सहभागिता रहनेछ ।