Thursday, November 30Nepal News Portal
Shadow

तरुण दल तिलोत्तमाद्वारा आयोजित वडास्तरीय फुटसलमा वडा नं. ४ विजयी


काठमाडौं, (ससं) । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले सञ्चालन गरेको वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं. ४ ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं. ४ ले वडा नं. १ लाई पराजित गरेको हो । निकै रोचक भएको खेल ट्राइबेकरबाट विजेताको टुंगो लागेको थियो ।

वडा नं.४ ले ३/२ गोलको अन्तरले जित हासिल गरेको हो । फागुन २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षत्रीले जानकारी दिए।

प्रतियोगिताको उपाधि विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । विजेताले नगद ३० हजार रुपैयाँ, उपाधि कप, मेडल, प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र पाएका छन् ।

विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीको सम्मान सर्वाधिक गोलकर्ता वडा नं. १ का अतीत रानाले पाएका छन् ।

Total Page Visits: 477 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्