काठमाडौं, (ससं) । कोभ्याक्स खोप राजधानी काठमाडौं आइपुगेको छ । विश्व स्वास्थ्य संगठनले पठाएको कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो प्याकेज आइतबार बिहान काठमाडौं आइपुगेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरेको तस्विर बाहिर आएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको छ ।
काठमाडौं आईपुग्यो कोभ्याक्स सुविधाको कोरोना खोप
- स
- स
- स