Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, September 7Nepal News Portal
Shadow

के तपाई मासु खानुहुन्छ?कस्ता छन् फाइदा / बेफाइदाहरु एकपल्ट नछुटाई पढ्नुहोस्


काठमाडौं, (ससं) । यसका सकारात्मक जबाफ
१, भान्साको व्यायभार घट्छ । किनभने तुलनात्मक रुपमा मासु महंगो हुन्छ, अरु तरकारी भन्दा । त्यसैगरी मासु पकाउनका लागि आवश्यक समय र मेहनत बढी हुन्छ । मर–मसला बढी हुन्छ ।
२, मासु सेवन अहिले कतिपय दीर्घ रोगको कारण बनेका छन् । मासुले पाचन तन्त्रलाई बोझिलो बनाउनेदेखि शरीरमा विकार पैदा गर्ने भय रहन्छ । त्यसैले स्वास्थ जीवनका लागि मासु उपयुक्त मानिदैन ।
३, यसले कम्तीमा पशुपंक्षीमाथि हुने हाम्रो हिंस्रक व्यवहार केही हदसम्म भएपनि रोक्छ ।
४, काट्ने, मार्ने कुरालाई निरुत्साहित गर्छ ।
यसकानकारात्मक जवाफ
१, मासु सेवन नगर्दा हाम्रो मेनुबाट एउटा मूख्य खान्की कटौती हुन्छ ।
२, चाडपर्व, उत्सव वा रमाइलोमा मासुजन्य परिकारको स्वाद मिल्दैन ।
३, शरीरमा आवश्यक कतिपय पोषक तत्वको अभाव हुनसक्छ ।सन्तुलित आहारमा मासु पनि सामेल गरिन्छ । तर, अर्को तथ्य के पनि भने, मासुजन्य परिकारबाट जुन पौष्टिक तत्व प्राप्त हुन्छ, त्यो अन्य खाद्यपदार्थबाट पाउन सकिन्छ । त्यसैले मासु निर्विकल्प खाद्य स्रोत भने होइन ।मासुको बदला सागपात सेवन गर्न सकिन्छ । फलफूल, गेडागुडी सेवन गर्न सकिन्छ । यस्ता खानेकुराले स्वास्थ्य राम्रो हुने मात्र होइन, अनावश्यक खर्च पनि कटौती हुन्छ ।
स्वस्थ जीवनको लागि मासु त्याग्नु राम्रो विकल्प मानिन्छ । अहिले विभिन्न किसिमका रोगले गाँज्दै लगेपछि मानिसहरुले मासु खान छाडिरहेका छन् । मांसाहारी मानिसको भन्दा शाकाहारी मानिसको औसत आयु १० वर्षभन्दा धेरै हुने पाइएको छ । स्वस्थ शाकाहारी खानाले जीवनभरको लागि स्वस्थ रहन मद्धत गर्छ र मुख्य रोगहरु जस्तैः मुटुको रोग, क्यान्सर र हृदयघातबाट बचाउँछ ।मासु खाने मानिसहरुलाई मुटुको रोग लाग्ने सम्भावना शाकाहारीलाई भन्दा ५० प्रतिशतले बढी हुन्छ । चिकित्सकहरुका अनुसार स्वस्थ शाकाहारी खानाले मुटुको रोगलाग्ने जोखिम घटाउँछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्