Thursday, May 23Nepal News Portal
Shadow

विवाह पछि थीरको घरमा भाँडा माझ्दै गायिका अञ्जु पन्त


काठमाडौ, (ससं) । केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको थीर कोइरालासंग विवाह भएको थियो । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छिन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् ।

उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन्।

केही दिनअघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।

Total Page Visits: 545 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्