काठमाडौं, (ससं) । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सम्बन्धि मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन अनुसार नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
सर्वोच्चको फैसलासँगै केपी शर्मा अोली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।