काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई सर्वोच्च अदालतले दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलतिर लागेका छन् ।
सिंहदरबारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका हुन् ।
Total Page Visits: 588 - Today Page Visits: 1