काठमाडौं, १९ असोज (ससं) । विश्वमा कोरोना भाइरस संक्रमणबाट संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप चार हजार सात जनाको मृत्यु भएको हो ।
विश्वमा कोरोना संमक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका छन् ।
हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ। भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ ।