काठमाडौं, (ससं) । हाम्रो वरिपरी नै धेरै चमत्कारिक औषधी हुन्छन्, जुन हामी दैनिक रूपमा हाम्रो घरमै प्रयोग गर्दछौ, तर यसको गुणहरूबारे अनजान रहेकोले हामी अझै पनि यसको प्रयोगको सही विधिहरूबाट अछूत छौ। लसुन र मह यस्तै औषधीमा पर्छन्।
लसुन र महलाई दुबैलाई रोगहरूको उपचारको लागि सबैभन्दा पुरानो औषधी मान्ने गरिन्छ । यिनीहरुमा पाइने एन्टिबायोटिक, एन्टिफंगल र एन्टिअक्सीडेन्ट गुणहरूले हाम्रो शरीरलाई थुप्रै रोगहरूबाट जोगाउँछ।
एक चम्चा मह लिनुहोस् र त्यसमा पिसेको लसुन मिक्स गर्नुहोस्। यसको लागि लसुनको मात्रा २ वा ३ पोटि राख्नुपर्दछ । अब यो मिश्रण एक गिलास मनतातो पानीमा मिलाएर सेवन गर्नुहोस्। नियमित रूपमा ७ दिन यसको सेवन गरेर तपाईले यसको फाईदा लिन सक्नुहुनेछ।
यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने तपाईको शरीरलाई धेरै प्रकारको रोगहरूले सताउछ । त्यसैले, प्रतिरक्षा शक्ति बलियो बनाउनको लागि एक किलो लसुन र दुई लिटर मह मिसाएर यसको मिश्रण तयार गर्नुहोस् र त्यसलाई दैनिक रूपमा उपभोग गर्नुहोस्। यसमासमावेश एन्टिबायोटिक गुणहरू तपाईको शरीरमा सुपर पावरको रूपमा काम गर्दछ।