काठमाडौं, (ससं) । वैवाहिक सम्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुबैको महत्वपूर्ण भुमिका रहने गर्छ । श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास नगरेमा सम्बन्ध राम्रो बन्दैन । त्यसैले श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु आवश्यक हुन्छ । यस्तै मानिसले बास्तुशास्त्रमा पनि निकै बिश्वास गर्ने गर्दछन् ।
बास्तुशास्त्रमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ भन्ने बारे बताइएको छ । पुरुषका बारेमा महिलाई प्रायः सबैकुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुँने त कुरै भएन। तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा रु जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् ।
रोमान्सः
केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ । तर पुरुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पुरुषले थाहा पाउँदैनन् । यो सबै जोडीमा हुने गर्दछ ।
पैसा बचाउँनः
महिलाहरुले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ । तर पैसा बचाउन पुरुष भन्दा महिला निकै अगाडि हुन्छन् । महिलाहरु आफ्नो पैसा बचत गर्छन र श्रीमान वा केटा साथीको पैसामा सामान किन्छन् भन्ने चाहिँ कमैले थाहा पाउँछन् ।
राति घुम्नः
पुरुषको तुलनामा महिला राति घुम्न धेरै नै मन पराउँछन् । तर, यो कुरा उनीहरुले लुकाएर राखेका हुन्छन् र समय आएपछि राति घुमघाम गर्छन् । यस्ता कुरा श्रीमान आफैले बुझ्न आवश्यक हुन्छ ।
झगडा गर्नः
पुरुषहरु झगडा गर्न अगाडि हुन्छन् भन्ने बुझाई छ । तर। यसमा पनि महिला अगाडि हुन्छन् । झडालु स्वभाव नदेखाएपनि महिलाहरु झगडा गर्ने समयमा कालीको रुप धारण गरी भयंकर रुपमा झगडा गर्न सक्छन्।
बिहे अगाडिको कुराः
महिलाले आफ्नो श्रीमानसँग बिहे अगाडिको कुरा कहिल्यै बताउँदैनन् । उनीहरुसँग बिहे अगाडिको केटा साथी र तिनीहरुसँगको सम्बन्धका बारेमा सोधियो भने कुनै कुरा बताउँदैनन् तर श्रीमानको बारेमा निकै खोजीनिधि गर्छन्। बिहे अगाडिको सम्बन्धका बारेमा श्रीमानले कुनै कुरा पनि थाहा पाउँदैनन्।
यदि श्रीमानले कुनै कुरा गरेर चित्त दुखाएको खण्डमा उनले आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नेछिन् । यो कुरा पनि श्रीमानसँग भन्दिनन् र पुरुषले कहिल्यै थाहा पाउँदैनन्। श्रीमतीले सधैँ आफ्नो श्रीमानको जज् गरिरहेकी हुन्छिन् । आफ्नो श्रीमान सबै कुरामा पर्फेक्ट भएको मन पराउँछिन्। श्रीमानमाथि हुनसक्ने शंकालाई निकै नै ध्यान दिने गर्दछन् । यो कुरामा श्रीमान सधैँ अनभिज्ञ नै हुन्छन्।
आफ्नो घरको आर्थिक स्थितिबारे :
महिला आफ्नो घरको आर्थिकस्थिति समेत अरुलाई बताउँदैनन् । श्रीमानलाई पनि सा–साना कुरा नभन्ने श्रीमतिको स्वभाव हुन्छ । राम्रो श्रीमती सामान्य समस्याको हल आफै गर्नतर्फ लाग्छन् ।