काठमाडौं, (ससं)।आज विश्वभर विविध कार्यक्रम गरी १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखमा यो दिवस मनाउदै आइएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणगर्दैविश्वभर महिला दिवस मनाउने प्रचलन रहेको छ ।
नारी दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरी नारीको हकहितसम्बनधी चेतना फैलाउँदै यो दिवस मनाइने गरिन्छ । त्यसैगरी अन्य कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिन्छ ।
नारी दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आज १११औं अन्तर्राष्ट्रिय नारी दिवस, कसरी मनाइँदैछ ?
- स
- स
- स