Sunday, February 16Nepal News Portal
Shadow

‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर पाउनुपर्दछ’: नेतृ पम्फा भुसाल


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छिन् । आज (सोमबार) १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवरमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।
संविधानत्: महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा समेत जाड दिएकी छिन् । उनले भनिन्, ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशतभन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानत्: र कानुनत: नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौँ ।’

संविधानमा व्यवस्था भए पनि कार्यान्वयनको तहमा चुनौती समस्या रहेको भुसालले बताइन् । ‘हामीले राष्ट्र प्रमुखदेखि न्यायपालिकालगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू भइराखेका छैनन् । हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकारसम्बन्धी कानुन बनेका छन् । त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ ।’उनले भनिन्

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्