Sunday, April 20Nepal News Portal
Shadow

मेरो पार्टी त अदालतले भनिदियो : प्रधानमन्त्री ओली


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको भनेर सर्वोच्च अदालतले भनिदिएको बताएका छन्। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म हिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी होरु भनेर सोध्नुभयो। मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको ? भनेर।’

प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले आफूलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिएको बताए। ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनुभएछ। म कुन पार्टीको भनेर अदालतले भनिदियो, उहाँहरू अदालतको निर्णय पनि मान्नुहुन्न’ उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतमा सोध्न जाऊ।’ ​

कार्यक्रममा प्रधानमन्त्री ओलीले ​पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मान्छेहरूले लडाइँ गरेर समस्या खडा गरिरहेको बताए। ‘यतिबेला देश चुनावमा गइसक्थ्यो। त्यसपछि राम्रो सरकार बन्थ्यो। संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न कराउन पो गरेका रहेछन्’ उनले भने, ‘उहाँहरू माननीयको कुर्सीमा बस्नुभएको छ। बोल्ने भाषा बोलेर छलफल गरौँ न। उहाँहरूले धामीँ नाच नाचेको हो कि के होर ?’ संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेको आरोप लगाए। उनले सक्ने भए अध्यादेश संसदबाट फेल गरेर देखाउन चुनौती दिए।

‘झगडिया जस्तो झगडा गरेर संसद् पुनःस्थापना गर्नमा लागे। प्रतिनिधिसभा पुनःस्थापना भयो अब संसद्को हालत हेर्नुहोस् त कोही बाहिर कुद्छन्, कोही नारा लगाउँछन्’ उनले भने, ‘पहिलो गाँसमै झिँगा पर्यो भनेजस्तो भएको छ। उहाँहरुले केको हतार रहेछ बाहिर गुरुरुर कुदेर गए।’

उनले देश, सांसद र संसद्को गरिमाअनुसार राख्नुपर्नेसमेत सुझाए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्