Friday, December 1Nepal News Portal
Shadow

नेपालमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज


काठमाडौं, १९ असोज (ससं) । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको बताए ।

आज काठमाडौं उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी काठमाडौंमा एक हजार १७८ छन् भने ललितपुरमा २५० र भक्तपुर १०३ जना संक्रमित देखिएका हुन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार १३३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १० लाख ८८ हजार २२९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १३ हजार ७८१ पीसीआर परीक्षण भएका छन् ।

Total Page Visits: 430 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्