Monday, June 16Nepal News Portal
Shadow

‘नेपाल टप म्युजिक अवार्ड–२०२१’को आवेदन खुल्ला


काठमाडौं, (सस) । यूथ ग्रुप नेपालले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्डको सबै विधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ ।

‘नेपालको शान, गीतसङ्गीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका जुनै पनि गीतसङ्गीतले सहभागिता जनाउन सक्नेछन् ।

सुगम सङ्गीत, पप सङ्गीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिक तर्फ गरेर गायक, गायिका, सङ्गीतकार, एरेन्ज, भिडियोलगायत करिब तीन दर्जन बढी विधा अवार्डमा समेटिएको छ । नयाँ वर्षको असारमा एक भव्य कार्यक्रम सहित वितरण हुने अवार्डमा समारोहमा लामो समय गीतसङ्गीतमा बिताएका स्रष्टा तथा रङ्ग पत्रकारलाई नगद सहित सम्मान गरिनेछ ।

अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूचि जेठमा सार्वजनिक गरिने आयोजक यूथ ग्रुप नेपालले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्