Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
छोरोले आमालाई प्रेमीको साथमा देखेपछि…. – Udhyognews.com
Sunday, April 20Nepal News Portal
Shadow

छोरोले आमालाई प्रेमीको साथमा देखेपछि….


एजेन्सी । जवान छोराले आमालाई आफ्ना प्रेमीका साथ देखेकै कारण ज्यान गुमाउनु परेको छ । होस्टलमा बस्दै आएका जेठो छोरा छुट्टीमा घर आएका थिए । एक दिन छोरा बाहिर गएको बेलामा आमाले प्रेमीलाई बोलाइन् । तर जेठो छोरा समय भन्दा पहिले घर फर्किए ।

उनले आमालाई प्रेमीसंग आपत्तीजनक अवस्थामा देखे । सम्बन्ध खुल्ने ड’रले प्रेमीसंग मिलेर आमाले नै छोराको ज्यान लिइन् । घटना भारतको हो । श्रीमान् दिल्लीमा काम गर्थे र श्रीमती घरमै उनको पाँच बर्षे छोराको साथ एक्लै बस्दै आएकी थिइन् । जेठो छोरा भने होस्टलमा बस्दै आएका थिए । महिला बिहारको गोपालगंजमा बस्ने गर्थिन ।

लकडाउनको समयमा होस्टलवाट घर आएका छोराले आमाको बारेमा थाहा पाए । उनले आमालाई त्यस्तो नगर्नु भनेर सम्झाए । तर आमाले छोराको कुरा सुन्नुभन्दा पनि उनलाई नै हटाउने उपाय सोचिन् । एकाएक छोरा हराए । उनको खोजी थालियो । प्रहरीकहाँ आमा नै छोरा खोजी गर्न भन्दै निवेदन लिएर गइन् ।

भारतीय मिडिया डेली ह’ण्ट’मा छापिएको समाचार अनुसार १२ बर्षे किशोर मनीष कुमार हराएका थिए । प्रहरी महिलाको घरमा पुग्दा छोरा हराएकोमा निकै दुखी बनेको नाटक गरिरहेकी थिइन् । मनिषकी आमा धर्मशीला देवीले छोराको अवस्था पत्ता लगाउन प्रहरीसंग अनुरोध पनि गरिन् ।

आमाले गरेको यस्तो ब्यवहारवाट कसैले पनि कल्पना पनि गर्न सकेनन् की घटनाको पछाडी आमा नै कारण हुन् । उनले छोरा हराउनुमा आफन्त माथि शंका लागेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् । तर अनुसन्धानका क्रममा प्रहरीले वास्तविकता पत्ता लगायो । प्रहरीले आमाका प्रेमी र आमालाई पक्राउ गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्