Sunday, April 20Nepal News Portal
Shadow

‘हामीले छाडेको २० महिना नहुँदै ‘प्रचण्ड’ धुलोपिठो भए’


काठमाडौं, (ससं) । विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले छाडेको २० महिना नहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलोपिठो भएको टिप्पणी गरेका छन् । कपिलवस्तुको शिवगढी गाउँपालिकामा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘प्रचण्डले हाम्रो एक जना कमरेडलाई बोलाएर भन्नुभएछ, २० वर्ष मलाई कसैले हल्लाउन सक्दैनन् ।

तर, हामीले छाडेको २० महिना नहुँदै धुलोपिठो भइसक्नुभयो ।’‘ओली र प्रचण्ड मिल्दा जनताले सुखी भएर दुई तिहाई पनि दिनुभयो’ उनले भने, ‘सरकार बनाएको एक वर्षपछि उहाँहरुको लडाईँ शुरू भयो। जनताको बिषयमा मात्रै होइन । मेरो मान्छे किन नराखेको भन्दै आफ्नो भागको लडाई भइरहेको छ ।’

आफ्नो स्वार्थमा कुरा नमिलेपछि जनताको विश्वास भत्काएर एक–अर्काविरुद्ध खनिएको उनले बताए । त्यस्तै डा. बाबुराम भट्टराई र प्रचण्डले गलत बाटो हिडेकाले देशले समस्या भोग्नु परेको पनि बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्