Thursday, July 17Nepal News Portal
Shadow

डा. केसीको जीवन रक्षाको माग गर्दै साझा पार्टीले प्रदर्शन गर्ने


काठमाडौं, २० असोज (ससं) । २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै साझा पार्टीले आज प्रदर्शन गर्ने भएको छ। शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र राख्नुपर्ने माग गर्दै साझा पार्टी बागमती प्रदेशले दिउँसो ४ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो।

भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । तर,सरकारले उनका मागप्रति कुनै चासो देखाएको छैन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्