Thursday, December 5Nepal News Portal
Shadow

विश्वकै फोहोरी व्यक्ति !, जसको जिउँमा ६० बर्षदेखि  एक थोप्पा पानी  परेकै छैन


काठमाडौं, (ससं) । तपाईहरुलाई विश्वास नहुन सक्छ तर यो साँचो होकि एकजना व्यक्ति यस्ता छन् जसले ६० बर्ष देखि ननुहाई बसेका छन् ।
विश्वमा यस्ता व्यक्ति भेटिएका छन्की जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् ।
त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमोहाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी रहेको छ ।
उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहोर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबाट बच्न भने उनी हेलमेट लगाउँछन् । तर, पनि उनलाई आफ्नो अनुहार सुन्दर लाग्छ ।
३८ वर्षसम्म ननुहाएर विश्वमा सवैभन्दा लामो समयसम्म ननुहाएको कीर्तिमान भारतका ६६ वर्षका कैलाश सिंहको नाममा छ । तर, कैलाशको कीर्तिमान आफूले धेरै अघि तोडेको हाजीको दावी रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्