काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।
माधव नेपाल पक्षसँग मंगलबार अन्तिम बैठक गरेर बिदा भएका माओवादी केन्द्रका प्रचण्डले आज स्थायी कमिटी बैठक राखेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन लागेका हुन् ।
एमालेसँग एकीकरणका बेला माओवादीले १९ जना सदस्य पाएको थियो । तीमध्ये रामबहादुर थापा बादल,टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा केपी ओली पक्षमा लागेका थिए । उनीहरुले अब एमालेमै बस्ने गरी छलफल चलाइरहेका छन् ।
आजको बैठकमा पनि बादल पक्षका चार नेता सहभागी छैनन् ।
माओवादी केन्द्रको बैठक पेरिसडाँडामा
- स
- स
- स