Wednesday, April 24Nepal News Portal
Shadow

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्कासनको अनुमति


काठमाडौं, (ससं) । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार (आज ) अरुण भ्यालीलाई १ः०.५ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै अब अरुण भ्यालीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

कम्पनीको हकप्रद कुल ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँबराबरको हुनेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Total Page Visits: 821 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्