काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ।
आज मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको स्रोतको भनाई छ ।
स्रोतका अनुसार बुधबार (भोली) दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
Total Page Visits: 578 - Today Page Visits: 1