Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
बिरगञ्ज महानगरपािलिकाको वडा नम्बर २२ मा रक्तदान कार्यक्रम सम्पन्न, एक जना पनि महिला सहभागी भएनन् – Udhyognews.com
Wednesday, July 9Nepal News Portal
Shadow

बिरगञ्ज महानगरपािलिकाको वडा नम्बर २२ मा रक्तदान कार्यक्रम सम्पन्न, एक जना पनि महिला सहभागी भएनन्


बिरगञ्ज, २० असोज (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा जगन्नाथपुरी बिरगञ्ज महानगपालिकामा रक्तदान कार्यक्रम सम्मपन्न भएको छ । महानगरपालिकाको वडा नम्बर २२ मा सोमबार समाजको सहकार्यमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा रक्तदानको आवश्यकता र यसको मर्मबारे प्रकाश पार्दै रक्त संकलन थैली हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा स्थानीय महिलाहरूको सहभागीता थिएन । रक्तदान कार्यक्रममा सहभागीहरुलाई शतक रक्तदाता कर्माचार्यले प्रमाण–पत्र बितरण गरि बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावतीले फूलमाला पहराउनुका साथै बिशेष अतिथि माता भद्रकालीद्वारा रक्तदाता ब्यज र पशुपति अन्नपूर्णा आश्रमको लोगो अंकित ब्यज पहराई निरन्तर सफलताको कामना गरि बिशेष सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई पशुपति अन्नपूर्णा आश्रम केन्द्रीय कार्य समितिका अध्यक्ष के.बी. सम्राटले भादगाउँले टोपी पहराई सम्मान गरेका थिए ।

कार्यक्रममा अतिथिहरू पतञ्जली योग बिज्ञान आयुर्वेद औषधालय कम्पनीका प्रमुख युवराज सुबेदी, पर्सा रक्त सञ्चार सेवाका प्रमुख उदयराज शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राज महम्मद अन्सारी, माता भद्रकाली, बीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष ग्यासुदिन मियाँ मन्सुरी र बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी बिशेष अतिथिको रूपमा सहभागी थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्