Monday, February 10Nepal News Portal
Shadow

गर्भवती महिलाले जान्नैपर्ने यी ३० कुरा, एक पल्ट अबश्य पढ्नुहोला


काठमाडौं, (ससं) । गर्भवती महिलाले बिभिन्न कुरामा ध्यान दिनुपर्दछ । यौगा, शारीरिक व्यायम, खानपान सबै कुरामा धैरैनै ध्यान दिनुपर्ने ह्रन्छ । गर्भवती महिलाले जान्नैपर्ने महत्वपूर्ण ३० कुराहरु निम्न रहेका छन्
१. प्रत्येक २८ देखि ३० दिनमा महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म शारिरीक सम्पर्क गरे गर्भ रहन सक्छ ।

२. गर्भधारण गर्नुपूर्व महिलामा स्वास्थ्यमा कुनै जोखिम भएमा कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सम्बन्धित चिकित्सकसँग सल्लाह लिनु पर्छ ।

३. उमेर नपुगी गर्भधारण गरेकी महिलालाई प्रसुती हुन गाह्रो हुने, शिशु कम तौलको हुने वा महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्न सक्छ त्यस बारे सचेत रहने ।

४. गर्भाधारणका क्रममा शिशु, सालनाल, बच्चा वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ ।

५ . पुरुषको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ । त्यसैले छोरा वा छोरी जन्मनुमा पुरुषको क्रोमोजोममा निर्भर हुन्छ ।

६. गर्भ रहेको थाहा पाउन मुख्य आधार नियमित रूपमा भइरहने महिनावारी रोकिनु हो ।

७. गर्भ रहेको निश्चित गर्न पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण र अल्ट्रासाउन्ड ९भिडियो एक्सरे० गर्न आवश्यक हुन्छ ।

८. आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।

९. ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ । प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक– फरक हुन्छन् ।

१०. नियमित रूपमा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा बच्चा जन्मिने मिति तय गर्न सकिन्छ । यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले बच्चा जन्मन्छ भने करिब ८० प्रतिशत महिलाले दुई हप्ताअघि वा एक हप्तापछि बच्चा जन्माउँछन् ।

११. गर्भावस्थाको करिब १८ हप्तापछि बच्चा चलेको महसुस हुन्छ । गर्भ रहेको करिब ३६ हप्तापछि बच्चा तल सर्ने ९पुट्ठाको हड्डी भित्र जाने० हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ ।

१२. गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्व तल्लो पेट दुख्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने लगायतका समस्या देखा पर्न सक्छ ।

१३. विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक जाँच गराउनुपर्छ । यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ ।

१४. पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरी गराउनुपर्छ ।

१५. प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग ९भीडीआरएल०, एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ । यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ ।

१६. पहिलो गर्भावस्थामा दुईपटक टी।टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बोहाइडेड तथा प्रोटिनयुक्त खाना खानुपर्छ ।

१७ . गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हुनका लागी नियमित जाँच गर्नु पर्छ ।

१८. जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ ।

१९. मधुमेह, उच्चरक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको बच्चा सानो शंका गरिएकी, जुम्ल्याहा बच्चा भएकी, पहिले पटक–पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ ।

२०। गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ ।

२१. गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्य छातीको हड्डीमुनिसम्म पाठेघरको को उचाइ बढ्छ ।

२२. गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अंगहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार ९मुख० को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अंगहरू फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन् ।

२३. गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भमा रहेको बच्चाको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका बच्चा जन्मिन सक्छन् ।

२४. गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिस्राव अलि बढी बग्ने, पिडौंला एवं जननेन्द्रिय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउँडिन्छ ।

२५. गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिल्न डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिँदैन ।

२६. करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित सुत्केरी गराउन सकिन्छ ।

२७. नवजात शिशुको टाउको बाङ्गिनु, पेटमा उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भइरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिलेनै बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्छ । जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी हुँदा, पटक–पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्याउनुपर्छ ।

२८. सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता अर्थात २८० दिनको हुन्छ । गर्भ ४२ हप्ता अर्थात २९४ दिन भन्दा पछाडि गयो भने राम्रो मानिँदैन । औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ ।

२९. उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थिको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीविजन्य रोग, आलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन् ।

३०. पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने, महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्