Sunday, February 16Nepal News Portal
Shadow

के तपाई श्वास गन्हाएर हैरान हुनुहुन्छ ? यस्ता छन् छुट्कारा पाउने घरेलु उपाय


काठमाडौं, (ससं) । विभिन्न कारणहरुले गर्दा मानिसलाई श्वास गन्हाउने समस्या हुन्छ । जस्तै, सफा नगर्ने बानी, सुत्ने तरिका नमिल्दा, घरबाहिरको खाना खानाले मुख गन्हाउने समस्या हुन्छ । तर, केही उपायहरू छन् जसको प्रयोगले यो समस्याको समाधान गर्न सकिन्छ ।

कम्तिमा २ पटक नियमित दाँत माझ्ने : दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ । त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ । बिहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख श्वास गनाउने समस्या कम हुँदै जान्छ ।

ताजा फलफूल तथा साजसब्जी खाने : ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि श्वास गन्हाउने समस्यामा कमी हुन्छ ।

पिरो खानेकुरा नखाने स् सबैलाई थाहा भएकै कुरा हो कि, प्याज खाएपछि कत्तिको श्वास गन्हाउँछ भनेर । हुन त प्याज खानु स्वास्‍‍‍थ्यका लागि राम्रै कुरा हो, तर नराम्रो श्वासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ ।

गुलियो खानेकुरा कम खाने : धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केही कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको स्रोत बन्न जान्छ । त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ । ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा श्वास गनाउनेजस्ता विभिन्न समस्याहरू देखा पर्दछन् ।

जिब्रो सफा गर्ने : बिहान उठ्दा श्वास गन्हाइराखेको छ भने तपाईंको जिब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ । यस्तो लेउमा श्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन् । त्यसैले दाँत माझेपछि नरम ब्रसले जिब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस् ।

नुन पानीले मुख कुल्ला गर्ने : मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ । त्यसका लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस् । यसो गर्दा पनि केही राहत मिल्दछ ।
सुत्नुभन्दा अघि पानी पिउने स् राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले बिहानमा दुर्गन्धित श्वास निम्त्याउँदछ । त्यसैले दिनमा पनि कम्तिमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी अनिर्वाय पिउनुहोस् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्