Saturday, September 7Nepal News Portal
Shadow

अम्बाको पातको रसले शरीरलाई गर्छ नसोचेको फाइदा ,हेर्नुहोस्


काठमाडौं, (ससं) । हाम्रो वरपर धेरै पाइएपनि यसको महत्व हामीलाई थाहाँ हुदैन । यसको फलमा सबैको ध्यान जान्छ किनकी यो एक मिठो फल हो । तर, हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् । तर, अम्बाको पात खाएमा मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउने अध्ययनले समेत देखाइसकेको छ ।
कस्ता छन् त अम्बाका पातका पाईदा ?
अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।
– अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।
– ४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।
– अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ । अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्याउँछ । यसले कपालको विकासमा सहयोग पुर्याउँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ । अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्