Wednesday, January 15Nepal News Portal
Shadow

घरबाट नै मासिक ५ लाख भन्दा धेरै कमाउन सकिन्छ


पैसा कमाउँन मानिस जता ततै भौतारिने गर्छन् । तर, घरमा बसेरै प्रयाप्त धन आर्जन गर्न सकिन्छ । तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी सिर्जना कमली कार्की । उनका श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ । तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन भन्ने मान्यता उनको छ । उनले बुझेकी छिन् समय त्यसै खेर फाल्नु हुँदैन भनेर । आफूले पनि सकेको श्रम–पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गरिन् ।

‘समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भनिन् ः, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।’ लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उनले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पालेकी छिन् । ‘नेचरनेष्ट कृषि तथा पोल्ट्री फर्म’ दर्ता गरी उनले २०७६ साल वैशाखदेखि २ हजार कुखुराबाट लेयर्स कुखुरापालन सुरु गरेकी हुन् ।

अहिले उनको फर्ममा ४ वटा कुखुराको खोर बनाइएको छ । फर्ममा ९ हजार लेयर्स कुखुरा छन् । अहिले दैनिक ६ हजार कुखुराले उत्पादन दिइरहेका छन् । फर्मबाट दैनिक २५ प्याक अण्डा उत्पादन हुँदै आएको छ ।

उनका अनुसार प्रति प्याकमा २ सय १० वटा अण्डा हुन्छ । प्रति प्याक अण्डा २ हजार ५ सय रुपैयाँमा स्थानीय बजारमै खपत हुँदै आएको छ । कुखुरापालन व्यवसायबाट मासिक ५ लाख हाराहारीमा आम्दानी हुँदै आएको उनी बताउँछिन् । गोर्खाली खबर

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्