Wednesday, January 15Nepal News Portal
Shadow

रातिको खानापछि के गर्ने के नगर्ने ?


काठमाडौं, (ससं) । राति सुत्दा खेरि कतिपय यस्ता काम हुन्छन् , जुन हाम्रो स्वास्थ्यमा नकरात्मक असर पुर्याउदछन् भने कुनै काम यस्ता पनि हुन्छन् जुन हाम्रो स्वास्थ्यमा सकरात्मक प्रभाब पार्दछन् ।

१. बेलुकीको खाना खाइसकेपछि जंकफुड खाने गल्ती कहिल्यै गर्नु हुँदैन ।

२. कतिपयले खानापछि चिया-कफी लिने गर्छन्, जसलाई स्वस्थकर मानिँदैन । तर, सुत्नुअघि पिउने एक कप ‘ग्रिन टी’ले भने शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

३. साँझको खानापछि तत्काल सुत्नु पनि स्वास्थ्यका लागि फाइदाजनक होइन । यसो गर्दा शरीरको तौल बढ्नुका साथै शरीरमा मेटाबोलिजमको मात्रा कमी हुन जान्छ ।

४. बेलुकीको समय धेरै खानुलाई पनि राम्रो मानिदैन । बढी खाँदा ओभरइटिङको समस्या हुन जान्छ । जसका कारण शरीरमा क्यालोरी बन्न समस्या उत्पन्न हुन्छ ।

५. खाना खाइसकेपछि इभिनिङ वाक गर्दा शरीरलाई निकै फाइदा पुग्छ । यसो गर्दा पेटको एकै ठाउँमा खाना जम्मा हुन पाउँदैन र पेटको सम्भावित रोगबाट पनि बच्न सघाउ पुग्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्