Wednesday, February 12Nepal News Portal
Shadow

उज्यालो महिला समाजलाई जेसिजको सहयोग


काठमाडौं, (ससं) । बेथानचोक जेसिजले उज्यालो महिला समाज, काभ्रेलाई एक थान कम्प्युटर टेबुल हस्तान्तरण गरेको छ । बेथानचोक जेसिजका अध्यक्ष हरिकृष्ण दाहालले उक्त टेबुल हस्तान्तरण गरेका हुन् ।

उज्यालो महिला समाजकी अध्यक्ष रुकमणी सिग्देल तिमल्सिनालाई उक्त टेबुल अध्यक्ष दाहालले हस्तान्तरण गरेका हुन् ।

उज्यालो महिला समाज, काभ्रेको स्थापना सन् २०१८ मा भएको थियो । यसको विधिवत रुपमा दर्ता भने सन् २०१९ मा भएको थियो । बेथानचोक जेसिजले विभिन्न सामाजिक सेवा गर्ने संघ संस्थालाई सहयोग गर्दै आएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्