१, ऐना नहेर्नुस्
बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।
२, सहवास नगर्नुस्
बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।
३, बाँदरको नाम नलिनुस्
बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुहुन्छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।
४, तेलको भाँडो र सियो धागो नहेर्नुस्
उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ ।
५, घर फोहोर नराख्नुस्
विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ ।। बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो हुन्छ ।