Monday, February 10Nepal News Portal
Shadow

खाना राम्रोसँग चपाएर खाँदा हुन्छन् यस्ता नसोचेका फाइदा


काठमाडौं, (ससं) । प्राय मानिसको खाना नचपाई खाने बानी हुन्छ । तर हामिले हाम्रो पाचनक्रिया मजबुत बनाउनका लागि खानेकुराहरु चपाएर खानु जरुरी हुन्छ । खानेकुराहरु चपाएर खादा हाम्रो स्वास्थ्यलाई पनि धेरै नै फाइदा हुन्छ । हामिले दिनहुँ खाने खाना चपाएर खाने गर्नुपर्छ।

खानालाई राम्रोसंग चपाएर खाएमा हाम्रो पाचनक्रिया मजबुत हुन्छ । खाना चपाएर नखादा ग्यास्ट्रिक रोग देखा पर्छ । राम्रोसँग चपाएर खाना खाँदा र वेलावेलामा उपवास बस्दा पनि पाचनक्रिया राम्रो हुन्छ । खाना चपाएर खाँदा मस्तिष्कको कसरत हुन्छ । खाना खाँदा दाँतले चपाउनुपर्ने हुनाले मस्तिष्कको राम्रो कसरत हुने गर्छ । मस्तिष्कको कसरत हुँदा हाम्रो शरीरलाई सन्तुलन गरी स्वस्थ बनाउछ ।

खाना चपाएर खाँदा रिस उठ्ने बानी हट्छ । मोटोपनले हैरान हुनुहुन्छ भने पनि खाना चपाएर खानाले तौल कम हुन्छ । हामिले खाना चपाएर नखाँदा खाना ऊर्जामान भएर बोसोमा रूपान्तरण हुन्छ । त्यसैले शरीरमा बोसोको मात्रा बढ्दै गएमा मोटोपन पनि बढ्दछ ।चपाएर खाँदा कसरत हुने हुनाले पनि मोटोपन घट्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्