काठमाडौं, (ससं) । कतिपय मान्छेलाई मोटाउन मन लाग्छ तर के गर्ने जति खाएनि ज्यानै लाग्दैन अब के गर्ने ? कामको थकान, हर्मोनमा आउने परिवर्तन, कुनै बिमारी अनि अस्वस्थकर खानपानका कारण दुब्लोपन अनि कमजोरी हुन सक्दछ। बिभिन्न रोगहरुले च्याप्ने गर्छ। यहाँ केही सजिला घरेलु उपायको चर्चा गरिएको छ जसले यी समस्या समाधान पार्न सक्छ।
१. एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने,
२. १०-१५ सुकेको अंगुर तातोपानीमा राती भिजाएर बिहान यसको पानी र दाना खाने
३. राती ६-७ चम्चा चनाको दाललाई काँचो दुधमा भिजाएर राख्नुस्। बिहान यसमा ५-६ किसमिस र मिश्री मिलाएर खाने
४. १-१ चम्चा मह र बेसार मिसाएर खाने
५. ४-५ छोकडा २-३ काजू, २ बदाम, र एक गिलास दुध उमाल्ने र यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउने
६.बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दुध पिउँने
७. अमलाको धुलो सगं मिश्री मिसाएर सुत्नु अघि नियमित खाने
८. खाना खाएपछि दुई चम्चा घ्यूमा एक चम्चा मह मिसाएर खाने
९. सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा खाने
१०. २ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउने र उमालेर छान्ने २ चम्चा मह मिसाएर पिउने