Wednesday, January 15Nepal News Portal
Shadow

मह खाँदा कस्ता फाइदा हुन्छन्? हेर्नुहोस् 


काठमाडौं, (ससं) । महमा यस्ता फाइदा छन् कि महलाई संसारकै सबैभन्दा स्वस्थ खानाको रूपमा लिइन्छ। यो व्यापक रुपमा प्रयोग हुने गुलियो पदार्थ हो जसमा धेरै स्वास्थ्य लाभहरु हुन्छ।
एलर्जी कम
महमा एलर्जी संग लड्ने क्षमाता हुन्छ, जसले हामीलाई यो समस्याबाट बच्न मद्दत गर्दछ। यस बाहेक, कुनै पनि प्रकारको संक्रमण हटाउनका लागि पनि यो उपयोगी छ। यही कारण हो कि महले घाँटी वा श्वासनलिको संक्रमण बाट राहत प्रदान गर्दछ।

घाउ र चोटपटक निको
महले प्राकृतिक एन्टिबायोटिकको काम गर्दछ, जसले ब्याक्टेरियालाई घाउ वा अन्य समस्यामा फैलिनबाट बचाउँछ र शरीर भित्र र बाहिर समान तरिकाले काम गर्दछ। चोटपटकमा मह प्रयोग गर्दा चाँडै निको हुन्छ, किनभने महले घाउलाई फैलिनबाट बचाउँछ।

तौल कम
मह, तौल घटाउन को लागी एक उत्तम उपाय हो। मनतातो पानीको साथ कागती र मह मिसाएर पिउने हो भने शरीर फिट रहन्छ, यसले बोसो कम गर्न मद्दत गर्दछ। यो तरिका दिनहु प्रयोग गर्ने हो भने, यसले द्रुत गतिमा तौल घटाउन मद्दत गर्दछ।

शरीरलाई तागत
मह, शरीरलाई तागत दिन एक राम्रो स्रोतको रूपमा उपभोग गर्नु फाइदाजनक हुन्छ। यसले शरीरलाई कार्बोहाइड्रेट र प्राकृतिक सुगर फ्रुक्टोज र ग्लूकोज प्रदान गर्दछ जुन सीधा रगतमा पुग्छ र ऊर्जामा रूपान्तरण हुन्छ।

छालाको समस्या हट्छ
महले छालाको विकार हटाएर छाला सफा बनाउन सहयोग गर्दछ। यसले छालालाई आवश्यक पोषण प्रदान गर्दछ, जसले छालालाई स्वस्थ र सुन्दर राख्छ।

रुघा खोकी निको
खोकी लागेको अवस्थामा मरिच, ल्वाङ्ग र तुलसीको रसमा महको प्रयोग गर्नु फाइदाजनक हुन्छ। यस बाहेक, चिसो र रुघामर्की जस्ता समस्याहरूमा पनि मह धेरै फाइदाजनक छ। मह तातो प्रकृतिको भएको कारण यसले कफलाई जम्नबाट रोक्छ।
निन्द्रालाई सन्तुलनमा ल्याउछ
निद्रा र निन्द्राको अभावको समस्या पनि मह बाटै समाधान हुन्छ किनभने हर्मोन बढेर इन्सुलिनबाट सेरोटोनिन स्रावित हुन्छ र त्यो मेलाटोनिनमा परिणत हुन्छ, जसले निद्राको अवधि र गुणस्तर निर्धारण गर्दछ।

कपाललाई सुन्दर बनाउछ
कपाललाई सुन्दर बनाउन मह एक प्रभावकारी तरिका हो। यसलाई मनतातो पानीसँग मिसाएर टाउकोमा लगाएर केही समय पछि यसलाई धुनुपर्छ। यसरी कपालको गुणस्तर सुधार गर्न सकिन्छ र यसले टाउकोको समस्याबाट पनि राहत दिन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्