Tuesday, November 11Nepal News Portal
Shadow

होसियार शरीरमा यस्ता लक्षण देखापरेमा तुरून्त जॉच गरिहाल्नुहोस् नत्र ज्यानै जान सक्ने खतरा


काठमाडौं, (ससं) । मानिसमा कतिपय रोग ताडै निको हुन्छन् तर कुनै रोग यस्ता हुन्छन् जुन मानिसमा लागेपछि निकै हुन गाह्रो । यस्ता रोग लाग्न नदिनुनै राम्रो हुन्छ । ती रोगहरुले शरीरका विभिन्न अंगहरुमा असर गरिरहेका हुन्छन् र हाम्रो शरीरलाई भित्रै देखि खोक्रो बनाइरहेको हुन्छ । मानिसमा यस्ता रोगले ज्यानै समेत लिन्छ ।

मधुमेह रोग यस्तो रोग हो , जुन रोग लागेको समयमै थाहा पाउन सकेनौं भने हाम्रो जीवन जान्छ । मधुमेह रोग लाग्नुको लक्षण बारम्बार भोक लाग्नु पनि हो । मधुमेह रोग लागेपछि रगतले हाम्रो शरीरका कोषहरुमा ग्लुकोज पुर्याउँदैन, जसले गर्दा हाम्रो शरीरमा शक्ति संचित हुन पाउँदैन र बारम्बार भोक लागिरहन्छ । यसको साथै, शक्ति संचित नहुने कारणले नै हाम्रो शरीरले हरबखत थकान महसुस गर्छ। यस्तो अवस्थामा चकलेट तथा विभिन्न गुलिया पदार्थ खान कम गर्नुपर्छ।

मधुमेह भएपछि छिटो छिटो पिसाब लाग्ने समस्या हुन्छ । शरीरमा चिनीको मात्रा बढेपछि हाम्रो मृगौलाले तरल सोस्न सक्दैन, जसले गर्दा तरल छिटो छिटो बाहिर निस्किन खोज्छ र छिटो छिटो पिसाब लाग्छ । मधुमेहको अर्को लक्षण मुख सुक्नु पनि हो । शरीरले तरल पदार्थलिन नसक्नु, छिटो छिटो पिसाब लाग्नु आदि कारणले गर्दा शरीरमा तरल पदार्थको कमी हुन्छ र मुख सुक्छ।

मधुमेहको अर्को लक्षण पिसाबमा संक्रमण, गुप्ताङ्गमा विभिन्न रोग तथा घाउ खटिरा हुनु पनि हो । मधुमेह भएपछि हाम्रो छाला सुक्खा हुन्छ । रगतमा चिनीको मात्रा बढेपछि शरीरमा पानीको मात्रा कम हुन्छ। धेरै चिनीले गर्दा शरीरमा पसिना उत्पादन गर्ने ग्रन्थीमा पनि हानी पनि हानी पुग्छ र पसिना उत्पादन हुँदैन । यसले गर्दा शरीरको छाला तथा कपाल सुख्खा हुन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्