Sunday, April 13Nepal News Portal
Shadow

सर्वोच्चमा दुईसहित २० न्यायाधीश सिफारिस


काठमाडौं, (ससं) । न्याय परिषद्ले २० न्यायाधीशको नियुक्ति गर्नका लागि सिफारिस गरेको छ । सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशका लागि सिफारिस गरेको हो ।

आज शुक्रबार बसेको परिषद्‍को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट दुईजना उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

यस्तै जिल्ला न्यायाधीशबाट सातजना, न्याय सेवाका अधिकृतबाट दुईजना तथा अधिवक्ताहरूबाट सातजना उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको परिषद्ले जनाएको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्