काठमाडौं, २२ असोज (ससं) । कोभिड १९ का कारणले सर्वत्र परेको असरबाट पर्यटन क्षेत्रपनि अछुतो नभएको विज्ञले बताएका छन् । सभा नेपालले आयोजना गरेको कोभिड १९ले सास्कृतिक पर्यटनमा पारेको प्रभाव र भावी अवस्था विषयक भर्चुअल कार्यक्रमा आफ्नो धारणा राख्दै ललितपुर महानगरपालिकाका पर्यटन सल्लाहकार दिलेन्द्र राज श्रेष्ठले पर्यटनको परिभाषा र घुम घामको शैली समयसगैँ परिवर्तन हुने बताउनुभयो । पर्यटन प्रवद्धन गर्न अहिलेको अवस्थामा भौतिक रुपमा घुम घाम मात्र नभई व्यक्तिले आ आफ्नो क्षेत्रको पर्यटकिय स्थलका बारेमा विभिन्न माध्यमबाट जानकारी गराउदा पनि क्षेत्रलाई सहयोग पुग्ने बताउनुभयो । लकडाउनपश्चात नेपालमा भएका प्राकृतिक तथा सास्कृतिक सम्पदाको प्रचार प्रसारमा समय तथा सोच खर्चन आवश्यक रहेको छ ।
यू एन ह्याविट्याटका प्रमुख पद्यम सुन्दर जोशीले काठमाडौ उपत्यकाको सांस्कृतिक सम्पदामा आधारित रहेर पर्यटनको विकास गर्न आवश्यक रहेको जानकारी गराउनुभयो । उहाँले अन्य स्थानीय सरकार र ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका सास्कृतिक सम्पदाको प्रचार प्रसार, संरक्षण तथा पर्यटकका निम्ति आवश्यक पूर्वाधार तथा सुविधा निर्माणमा सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । पर्या सम्पदा परियोजनाले बुगंमती तथा पिलाच्छे क्षेत्रको विकास तथा संरक्षणमा महानगरसगँ सहकार्य गरेर काम भईरहेको जानकारी समेत गराउनुभएको छ ।
पर्यटन क्षेत्रमा कोभिड १९ ले केही निराशा देखिएतापनि समग्रमा नेपालको पर्यटनको क्षेत्र सुधार हुनेमा विश्वस्त रहेको व्यवसायी राज ज्ञवालीले बताउनुभयो । नेपालमा अब न्यू नर्मलको अवधारणा अनुसार माक्सको अनिवार्य, प्रयोग, कोठाको सरसफाइ, साबुन पानीको प्रयोग र अन्य स्वास्थ्यका मापदण्ड लागु गरेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभया । नेपालको पर्यटन क्षेत्रमा सम्भावना धेरै रहेको विभिन्न समयमा देखिएका समस्या क्षणिक मात्र हुने बताउनुभयो ।
पर्यटन प्रर्वद्धनमा भौतिक दुरी पार गरेर नयाँ स्थानमै जानुपर्ने सोचलाई परिवर्तन गर्न आवश्यक रहेको विज्ञले सुझाएका छन् । पर्यटकका निम्ति न्यूनतम पूर्वाधार निर्माणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने यूरोपियन यूनियनका रञ्जन प्रकाश श्रेष्ठले जानकारी गराउनुभयो । नेपालको पर्यटकिय स्थल र त्यहाँका विशेषताका बारे समाजका विभिन्न वर्गलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । पर्यटनको क्षेत्रको दीगो विकासका निम्ति स्थानीय सरकार, नागरिक व्यवसायी तथा सरोकारवालाको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सभा नेपालकी सद्भावना दुत एवं पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठले सरकारले लागु गरेको सुरक्षाका मापदण्ड अक्षरंस पालना गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । सभा नेपालले आगामी दिनमापनि सास्कृतिक पर्यटन प्रर्वद्धनको सम्भावनाका विषयमा बहु आयामिक पक्षबाट छलफल गर्ने बताएको छ ।
सो संस्थाले यू एन ह्याबिट्याटको सहयोग र लुमन्ती तथा सि।आई यू।डीसगँको सहकार्यमा सास्कृतिक पर्यटनको विबास गर्ने उद्देश्य अनुरप पर्यासम्पदा परियोजना संचालन गरिरहेको छ । सो वेबिनारमा पर्यटन क्षेत्रसगँ सम्बन्धित व्यक्तित्व, निजी संघ संस्थाका प्रतिनिधी, विद्यार्थी, विकास साझेदारी निकाय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।