काठमाडौं, (ससं) । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अब छिट्टै राजनीतिले सही बाटो लिने बताएका छन् । बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै खाँणले संविधान च्यात्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँ सकिने बेला आएको बताए ।
मडारिएको बादलभित्र पनि चाँदीको घेरा हुने भन्दै उनले अहिलेको राजनीति त्यस्तै रहेको बताए । अझै परिष्कृत गरेर पछाडि परेका समुदाय र वर्गको हितमा सरकार बन्ने उनको भनाई छ । संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति पनि असहिष्णु रहेको धारणा राखे ।
केपी प्रधानमन्त्री भएदेखि नै अहिलेको संविधानमाथि विभिन्न किसिमले प्रहार भइरहेकोले त्यसलाई सबै मिलेर समाप्त गर्नुपर्ने खाँडले बताए । अहिले मुलुकमा दुईधारको आन्दोलन संविधान भङ्ग गर्ने र रक्षा गर्नेको आन्दोलन चलिरहेको उहाले जनाकारी दिए ।
अहिलेको सरकारले भङ्ग गर्नको लागि र काग्रेस सहितका अन्य दलले रक्षा गर्नुपर्ने आन्दोलनको नेतृत्व गरिरहेको नेता खाँणले बताए ।