Saturday, July 5Nepal News Portal
Shadow

खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, योगेश भट्टराई र घनश्याम भुसालले पनि पाए जिम्मेवारी


काठमाडौं, (ससं) । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटी बैंठकले समानान्तर संरचना बनाएको हो ।

विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमति प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।

त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको बताइएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्