फ्रान्समा आयोजित पुरस्कार समारोहमा एक अभिनेत्री आफ्नो कपडा उतारेर नाङ्गै भइन् । उनले यो सन्देश दिन चाहिन्, कोरोना महामारीका बेला सरकारले सँस्कृति बचाउनका लागि केही कदम उठाउन जरुरी छ। एजेन्सीका अनुसार ५७ वर्षीया अभिनेत्री कोरेन मासिरो सिजर अवार्ड समारोहमा यस्तो गरेकी हुन्।
सिजर अवार्डलाई फ्रान्समा अस्करसँग तुलना गर्ने गरिन्छ।
मासियरोलाई शुक्रवार सामाजिक दूरी कायम गरी आयोजना गरिएको समारोहमा ‘बेस्ट कस्ट्यूम’ अर्थात् सबभन्दा राम्रो पोसाक शीर्षकमा दिइने पुरस्कार प्रदान गर्न निम्त्याइएको थियो।
समारोहमा सहभागी हुन लगाएको बाहिरी पोसाकमा ‘संस्कृति छैन त भविष्य छैन’ भन्ने नारा लेखिएको थियो।
उनी मञ्चमा गधाको पहिरनमा पुगेकी थिइन्। रगतले लतपतिएको कपडसमेत उनले पहिरिएकी थिइन्। फ्रान्समा सिनेमा घर विगत केही समयदेखि बन्द भएको र त्यस निर्णयप्रति कलाकारहरु रुष्ठ छन्।
उनी नाङ्गिता उनको शरीरमा लेखिएको थियो, सँस्कृति छैन भने भविष्य पनि छैन। उनले प्रधानमन्त्रीलाई हामीलाई हाम्रो कला फिर्ता गरिदेउ भन्दै सन्देशसमेत दिन चाहेकी थिइन्। एजेन्सी