काठमाडौं, २३ असोज (ससं) । नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिको बैठक सम्पन्न भएको छ । नगर संघर्ष समितिले शुक्रबार समीक्षा बैठक आयोजना गरी कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले समितिसँग विगतमा गरेका सहमतिको विषयमा छलफल भएको हो । कोरोना भाइरस (कोभिड–१९) को कारण संघर्ष समितिसँगका सम्झौता नगरपालिकाले कार्यान्वय नगरेको भएपनि अब ती सहमतिहरु कार्यान्वयन नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताइएको छ ।
त्यस्तै पार्टीमा महाधिवेशलाई लिएर भइरहेको गुट र उपगुटको संघर्षको भेलाले पार्टीलाई कजोर बनाउँने भन्दै आधिकारीक निकायको नै नाम लिएर महाधिवेशनको प्रचार प्रसार नगर्न सहभागीले अनुरोध गरेका छन् । महाधिवेशन जित्नका लागि सीमित गुट हुनु पर्ने भन्दै पछिल्लो समय नेपाली काँग्रेसमा अस्वभाविक रुपमा गुट र उपगुट बढ्दै गएकोले त्यसतर्फ नेतृत्व तहले ध्यान दिनुपर्ने बताइएको छ ।
त्यस्तै बैठकमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रहेको विद्यालय स्थानान्तरण गर्ने विषयमा पनि कुरा उठाइएको थियो ।
नगर संघर्ष समितिको बैठक रसकारले जारी गरेको स्वस्थ्य मापदण्ड अनुरुप सामाजिक दुरी कायम गर्दै मास्र्क, सेनिटाइजर लागएर गरिएको थियो । बैठकको सभापतित्व कागेश्वरी मनोहरा नगर संघर्ष समितिका संयोजक शंकर थापाले गरेका थिए ।
त्यस्तै बैठकमा काठमाडौं क्षेत्र नं. २ क्षेत्रीय सभापति उपेन्द्र कार्की, काठमाडौं क्षेत्र नं. २ (ख) का प्रदेश उम्मेद्वार मनोहरी खड्का र नेपाली काँग्रसका काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुँडासैनीको पनि सहभागिता थियो ।