Thursday, September 12Nepal News Portal
Shadow

प्रधानमन्त्री ओलीको निम्तो, नआए कारबाही गर्ने चेतावनी


काठमाडौं, (ससं) । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै मञ्चबाटै चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन्।

उनले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । ओलीले आफूले पार्टीको काम गर्दै गर्नका लागि केही साथीहरूलाई कामको जिम्मेवारी दिएको स्पष्ट पारे। ७ गतेको बैठकमा आएपछि छलफल गरेर अघि बढ्ने भन्दै ओलीले बैठकमा उपस्थित हुन सबै नेलाई मञ्चबाट नै निम्तो दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रहसमेत गरेका छन् ।

उनले माधव नेपाल समूहले ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टा देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताए। उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गरेका छन् ।

‘माधव नेपाल पेरिसडाँडा ९माओवादीको पार्टी कार्यालय० बाट बानेश्वरको अर्याल होटलसम्म आएर बास बस्नुभएको छ रे भन्ने सुनेको छु । उहाँलाई बालुवाटारसम्म आइपुग्न पर्याप्त समय पुगोस् भनेर चैत ७ गते बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको छु, उनले भने,‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ।’

‘आउनुभएन निरन्तर अनुपस्थित हुनुभयो भने विधान बमोजिम हुनेछ,’ उनले भने, ‘आउनुभयो भने त्यसपछि छलफल गरेर अघि बढौंला ।’

उनले आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्