Monday, February 10Nepal News Portal
Shadow

तपाईलाई थाहाँ छ दूधमा तुलसीको पात उमालेर पिउँदाको फाइदा ? थाहाँ छैन भने हेर्नुहोस्


काठमाडौं, (ससं) । तुलसी बहुगुणी वनस्पती हो । त्यही कारण हाम्रा पूर्खाहरुले यसलाई उच्च महत्व दिँदै आए र संरक्षण गर्नुपर्ने बताउँदै आएका हुन् । धेरैजसोले तुलसीको औषधीय गुणलाई बुझेर नै घर अघिल्तिर आँगनमा तुलसी रोप्दै आएको समेत पाइन्छ ।
तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वारो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।
दूध पनि बहुगुणी पेय हो । यो जति स्वादिलो हुन्छ, उत्तिनै गुणकारी पनि । यसमा क्याल्सियम लगायत पोषक तत्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गरिए के होला ?

कतिपय पदार्थ यस्ता हुन्छन्, जो आफैमा औषधि हुन्छ । तर, त्यसलाई अर्को पदार्थसँग मिश्रण गर्दा त्यो हानिकारक हुनसक्छ । विषाक्त हुनसक्छ । ठीक त्यसैगरी कतिपय पदार्थलाई आपसमा मिलाउँदा भने त्यसको औषधीय गुण अरु बढ्छ । जस्तो दूध र तुलसी ।

तुलसीको पातमा अनेक किसिमका औषधीय गुण हुन्छन् । यदि नियमित रुपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ ।

दम रोगमा फाइदा

यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रुपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत

दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट पनि राहत मिल्छ । नियमित रुपले यस औषधि सेवन गर्दा समस्याको जड नै ठीक हुनसक्छ ।

तनाव वा डिप्रेसनमा

यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पत्ता उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसन रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

हृदय रोगमा

दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा

यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमापिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

कसरी सेवन गर्ने ?

यसलाई औषधी बनाउनका लागि तपाईंले डेढ गिलास दूध उमाल्नुपर्छ । जब दूध उम्लन सुरु गर्छ त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । अब एक गिलास दूध भएपछि त्यसलाई सेलाउन दिनुपर्छ । मन तातो भएपछि पिउन सकिन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्