फाइल तस्वीर
काठमाडौं, (ससं) । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने बताएका छन् । पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रुपमा लिन सकिन्छ ।
समाजिक सञ्जलमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन् । सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन् ।
उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा स् १। यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो१ २। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरुद्ध कसैसँग सम्झौता गर्दैन। ३। यो कसैको पुच्छर हैन, आफैं देशको नेतृत्व गर्ने शक्ति हो।’
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021