एक पटक कुनै केटीले लिङ्कनसँग सोधिन्— ‘तपाईंका यतिका शत्रु छन्, फेरि पनि तपाईं तिनलाई शत्रु मान्नुहुन्न र तिनका सम्बन्धमा राम्रा राम्रा कुरा मात्र गर्नुहुन्छ, जब कि तिनीहरु तपाईंलाई बर्बाद गर्न चाहन्छन् ।’
‘म पनि तिनलाई बर्बाद गर्न खोज्दै छु ।’— लिङ्कनले जवाफ दिए ।
‘तर कसरी ?’
लिङ्कनले भने— ‘म तिनका बारेमा राम्रा कुरा गरेर तिनलाई आफ्नो मित्र बनाउँछु । त्यसो गरेपछि के तिनीहरु बर्बाद भएनन् त रु त्यसपछि पनि के तिनीहरु मेरा शत्रु रहिरहलान् र ?’ ‘प्रेरक प्रसङ्ग’