Sunday, April 13Nepal News Portal
Shadow

अचम्म खेतमा भेटियो हिराको खानी !


काठमाडौं, (ससं) । यो पृथ्वीमा यस्ता केही धातुहरु पाइन्छन् , जुन पाउँदा मान्छे रातारात अर्बपति बन्न सक्छन् । भारत, मध्य प्रदेशको पन्ना जिल्ला हीराको शहर भनेर चिनिन्छ । भनिन्छ कि त्यहाँको माटोले कसैलाई पनि चाह्यो भने राजा बनाउँछ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ हरेक रात लाखौं मानिस बन्छन् । त्यहाँ हीराको खोजी गर्ने दुई मजदुरको भाग्य चम्किएको छ । यो पन्नाको किटहा गाउँको एक घटना हो । त्यहाँ एक श्रमिकले हीराको खानी भेट्टाएका हुन् ।
त्यो खानीमा काम गर्ने मजदुरहरूले दुई वटा चम्किरहेका हीराहरू भेट्टाएका छन् । मजदुर भगवान दास कुशवाहाले उनका अन्य चार सहकर्मीसँग हिराको कार्यालयबाट भाडामा लिएर हिरा खानी बनाएका थिए । उनले चाल धुने क्रममा दुईवटा हीरा फेला पारेका हुन् ।

आजतकका अनुसार पहिलो हीरा ७.९४ क्यारेट छ र दोस्रो हीरा १.९३ क्यारेट छ, जसलाई हीरा कार्यालयमा जम्मा गरिएको छ । ७।९४ क्यारेट हीरालाई अहिलेसम्मको सबैभन्दा ठूलो हीरा मान्ने गरिएको छ । अनुमानित मूल्य ५६ देखि ७२ लाख रूपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्