Monday, July 15Nepal News Portal
Shadow

महिनावारीमा स्वस्थ रहन कस्ता खानेकुरा खाने ? जानौं


एजेन्सी,(ससं) । महिनावारी सबै महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा स्वस्थ रहन अति नै आवश्यक पर्दछ । तर स्वस्थ रहन कस्ता खानेकुरा खाने भन्ने सबैमा जिज्ञासा हुन्छ ।
महिनावारीको समयमा शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। प्रशस्त मात्रामा पिउनुपर्छ। गर्मीको समयमा अझ बढी यसमा ध्यान दिनुपर्छ।

आइरनयुक्त खाना जस्तै– कालो चना, ‘स्प्राउटस्’, साग, पालुङ्गो, चिनीयुक्त खानेकुराहरु, फलफूल र भिटामिन ‘सी’ खानुपर्छ। आइरनले ‘हेमोग्लोबिन’ बढाउन मद्दत पुर्याउँछ जुन महिनावारीको समयमा अत्यन्त आवश्यक हुन्छ।

भिटामिन ‘सी’ ले दुखाइ र मांसपेशीमा हुने ऐठन कम पार्न मद्दत गर्छ। थकान कम हुन्छ।

यसैगरी मासंपेशीमा दुखाइ हुने महिलाले भारी खाना खानुहुँदैन। दही, बेसार, नपाकेको मेवा, घ्युकुमारी, अदुवा, जिरा र दालचिनीले पनि महिनावारीको समयमा महिलालाई राहत दिन्छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्