Wednesday, September 18Nepal News Portal
Shadow

के तपाईलाई चुरोट छोड्न गाह्रो भएको छ ? यस्ता तरिकाले सजिलै छाड्न सकिन्छ ? हेर्नुहोस्


काठमाडौं, (ससं) । चुरोट खानु भनेको हामीले मृत्युलाई चाडै डाक्नु हो । चुरोटले हाम्रो शरीरलाई धैरै असर पोको हुन्छ । यो सब थाहाँ हुदा हुदै पनि चुरोटमा लतनै बसेको हुन्छ । धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसको लागि समय मिलाएर एउटा योजना बनाउन आवश्यक हुन्छ । जस्तैः चुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी यसको सेवन पूर्णरुपमा बन्द गर्न सक्नुपर्छ।
यस्तै चुरोट छोड्नका लागि परिवार र आफन्तको पनि सहयोग लिन सकिन्छ । चुरोट छोड्ने बेला पुन खान मन लागेमा के गर्ने भन्ने विकल्पको बारेमा पनि सोच्न जरूरी हुन्छ । जस्तै यस्तो बेलामा चुरोटको सट्टा चकलेट, चुइंगम, ल्वाङ, सुकमेल मुखमा राख्न सकिन्छ । चुरोट छोड्ने बेलामा एउटा मात्रै त हो नि भन्ने विचार मनमा आउन दिनुहुँदैन । एउटा मात्र भन्दा फेरि पहिले जस्तै लत बस्न सक्छ । आफूलाई काममा ब्यस्त राखेर पनि यसतर्फको ध्यान हटाउन सकिन्छ ।

चुरोट सेवन गर्ने ब्यक्तिहरुको संगत सकेसम्म नगरेमा सजिलो हुन्छ । यदि सेवन गर्ने ब्यक्ति छन भने आफनो अगाडी सेवन नगर्न आग्रह गर्नुपर्छ । राती चाँडै सुत्दा चुरोटकोवारेमा कम सोचिन्छ । आराम गर्ने संगीत सुन्ने र मानसिक तनाव कम गर्ने । शुरुको एक साता अलि अप्ठेरो भए पनि बिस्तारै यसलाई भुल्न सकिन्छ । चुरोट छोडेको कुरा सबैलाई भन्न जरुरी छ यसले फेरी शुरु गर्नबाट रोक्न मद्धत गर्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्