Wednesday, December 6Nepal News Portal
Shadow

के तपाईलाई एलर्जी भएको छ ? छ भने नखानुहोस् यस्ता खाना


काठमाडौं, (ससं) ।  एलर्जी भएमा पेट फुल्ने, पेट दुख्ने, वाकवाकी ,वाग्ने, वान्त हुने, दिशा लाग्ने, शरीरमा विमिरा आउने, फोका आउने गर्दछन्।

किन हुन्छ एलर्जी ?

जब व्यक्तिको शरीर खानाप्रति बढी क्रियाशील हुन्छ, त्यतिबेला  एलर्जीको समस्या पैदा हुने गर्छ । यति सम्मकी कहिलेकाही प्रोटिनयुक्त खानेकुरा पनि शरीरका लागि हानीकारक हुने गर्छ ।

मानव शरीरको पाचन तन्त्रमा इम्युन सिस्टम हुन्छ, जसलाई इम्युनोग्लोविन ‘ई’ भन्ने गरिन्छ। यसले शरीरमा एलर्जी गराउने कारकतत्व विरुद्ध लड्ने गर्छ ।

के हो  एलर्जी ?

हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले भाइरस, वैक्टेरिया, लगायतका विषादीसित लड्छ। केही व्यक्तिको रोग प्रतिरोगात्मक सिस्टमले त्यस्ता पदार्थ प्रति पनि प्रतिक्रिया जनाउँछ, जसले शरीरलाई खासै हानी गर्दैन ।

एलर्जिक प्रतिक्रियका दौरान रोग प्रतिरोधात्मक क्षमताले लिम्फोसाइड अधिक सक्रिय बनाउँछ, जसलाई टी सेल र बी सेल भनिन्छ ।

खानाको एलर्जी प्रति शरीरले दुई तरीकाबाट प्रतिक्रिया जनाउँछ, फुड एलर्जी तथा अपच । कयौ खाना यस्ता हुन्छ, जसलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन । जस्तै दूध । दूधलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन जसका कारण अपच हुने वा पखाला हुने गर्छ । यस्ता एलर्जी गम्भीर हुनुका साथै शरीरका लासगि जोखिमपूर्ण हुनसक्छ ।

एलर्जीका लक्षण

१. चिलाउने

२. आँखा, ओठ , अनुहार तथा घाटीमा सुजन हुने

३. पखाला

४. सास लिनमा समस्या उत्पन्न हुने

५. मुटुको धड्कन बढ्ने

एलर्जी गराउने खाद्य पदार्थ

१. गाईको दूध वा अन्य दूग्धजन्य उपात्दन

२. ग्लुटेनयुक्त गहु लगायतका उत्पादन

३. बदाम

४. अण्डा

५. सोयाविन

६. मकैको सेवन

७. माछा

एलर्जन खानामा पाइने त्यस्तो तत्व हो, जसले एलर्जीको समस्यालाई बढाइदिन्छ । साधारणतया ग्लूटेनयुक्त खानेकुराको सेवनले एलर्जी हुने गर्छ। कयौं मानिसलाई भण्डा, अण्डा, कर्कला, भिण्डी, मेवा, फर्सीका कारण पनि एलर्जी हुनसक्छ । एलर्जी भएमा चिकित्सकलाई जाच गराउनु आवश्यक छ ।

Total Page Visits: 1317 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्