Wednesday, September 18Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा शाखाद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न


गोरखा, (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा गोरखा बजारमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा “ बिश्व रक्तदाता दिवस एक बिबेचना“ शिर्षक उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय स्तरमा आयोजित उक्त कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाका उपाध्यक्ष सुरेन लामिछाने (अमृत)ले गरेका थिए ।

बिभिन्न संघसंस्थाका प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरूको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रमले गोरखा जिल्ला भित्र रगत र रगतबाट तयार पारिने रक्त–तत्वहरूको बारेमा थप जानकारी दिइएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आगामी दिनमा समयमा सम्बन्धित निकायसंग समन्वय गरि जनचेतना जगाउने कार्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला सक्रिय रहने बताइएको छ । गत दुई वर्षदेखि रक्त सञ्चार सेवा सञ्चालनको निमित्त दातृ राष्ट्रले अनुदान स्वरूप उपलब्ध गराएको प्रविधिहरू सञ्चालनमा ल्याउन नसकि थन्किएर रहेकोमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आवश्यक पहलकदमी स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरू मध्येबाट १४ जना स्वयंसेवी रक्तदाताहरूले नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता प्राप्तिका लागि स्थलगत निबेदनसमेत पेश गरेका थिए ।

कार्यक्रमका सभापति नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाका उपाध्यक्ष लामिछानेले आगामी १८औं बिश्व रक्तदाता दिवसका दिन गोरखा जिल्लामा एक रक्तदान कार्यक्रमको आयोजना गरिने बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्